निर्वाचन खर्चका लागि दल र उम्मेदवारलाई छुट्टै बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

  • काठमाडौँ १२ माघ । निर्वाचन आयोग नेपालको अनुरोधअनुसार आमनिर्वाचन सम्पन्न भएपछि आयोगबाट बैंक खाता बन्द गर्न निर्देशन नआउँदासम्म सञ्चालन हुने गरी निर्वाचन अभियानसम्बन्धी आम्दानी र खर्चका कारोबारका लागि छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले आसन्न निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई चुनावी खर्च व्यवस्थापन गर्न छुट्टै बैंक खाता खोल्न निर्देशन दिएको छ। परिपत्रअनुसार राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार बनेका व्यक्ति (समानुपातिक उम्मेदवार समेत) तथा स्वतन्त्र उम्मेदवारले निर्वाचन अवधिसम्म सञ्चालन हुने गरी एक मात्र बैंक खाता खोल्नुपर्नेछ। निर्वाचनसँग सम्बन्धित सम्पूर्ण आम्दानी र खर्च यही खातामार्फत गर्नुपर्नेछ।
    राष्ट्र बैंकका अनुसार आमनिर्वाचन सम्पन्न भइसकेपछि निर्वाचन आयोगले निर्णय गरी खाता बन्द गर्न निर्देशन नदिएसम्म ती खाता सञ्चालनमै रहनेछन्।
    निर्वाचन आयोगको आग्रहमा राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको छ । बैंकले यसका लागि छुट्टै प्रकृतिको खाता खोल्ने व्यवस्था समेत गरेको छ
    सामान्य अवस्थामा लागू हुने ‘एकै प्रकृतिको एकभन्दा बढी बैंक खाता खोल्न नपाइने’ नियम भने निर्वाचन प्रयोजनका यस्ता खातामा लागू नहुने गरी छुट दिइएको छ। साथै, नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०८२ को निर्देशन नम्बर २१ को बुँदा नम्बर ४५ अनुसार प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न नपाइने व्यवस्था रहे पनि निर्वाचन आयोगबाट उक्त बैंक खाता बन्द गर्न निर्देशन नआउँदासम्मका लागि सो प्रावधानमा छुट प्रदान गरिएको कुरा सूचनामा उल्लेख छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation