रूपन्देही क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट सुशील गुरुङ उम्मेदवार

  • भैरहवा ,६ माघ । नेपाली काँग्रेस ले रूपन्देही क्षेत्र नम्बर ३ मा क्षेत्रीय सभापति सुशील गुरुङलाई उम्मेदवार बनाएको छ ।
    विस २०५१ सालमा ने.वि.संघ साधारण सदस्य को रुपमा अगाडि बढेका गुरुङ २०५४ सालमा ने.वि.संघ भैरहवा बहुमुखी क्याम्पस इंकाइ अध्यक्ष को रुपमा निर्वाचित भएका थिए ।
    २०५५ सालमा स्व,वि,यु.भैरहवा बहुमुखी क्याम्पस उपसभापति बनेका उनि २०५५/२०५७ सालमा स्व,वि,यु,भैरहवा बहुमुखी क्याम्पस सभापति २०५७/०५९ बनेका थिए ।
    २०५७ सालमा स्व.वि.यु. परिषद, केन्द्रिय समितिको सह-सचिव २०६१ सालमा ने.वि.संघ, रुपन्देही अध्यक्ष बनेका थिए ।
    २०६२र०६३ को दोस्रो जनआन्दोलनमा सक्रिय भुमिका निर्वाह २०६७ सालको नेपाली कांग्रेसको बाह्रौं महाधिवेशनबाट रुपन्देही क्षेत्र नं।३ का लागि निर्वाचित क्षेत्रीय सचिव २०७२ सालको नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनबाट रुपन्देही क्षेत्र नं.३ का लागि पुनः निर्वाचित क्षेत्रीय सचिव २०७८ सालको नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट रुपन्देही क्षेत्र नं.३ का लागि निर्वाचित क्षेत्रीय सभापति बनेका थिए ।
    सामाजिक रुपमा उनि २०५७ सालमा नेपाल तमु विद्यार्थी छोंज धीं, केन्द्रिय समितिको सदस्य ,२०६६ (सन् २०१०) सालमा सिद्धार्थ जेसिज (जेसिआई सिद्धार्थ, नेपाल) को अध्यक्ष तथा हाल कार्यसमितिको सल्लाहकार,२०७४ सालमा नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको अध्यक्ष रहेका थिए ।
    २०७४ (सन् २०१७/०१८) सालमा लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरको अध्यक्ष,२०७७ र २०८१ साल गरी दुई पटक पक्लिहवा माध्यमिक विद्यालय, पक्लिहवाको व्यवस्थापन समितिको अध्यक्ष,२०७८ सालमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल, सिद्धार्थनगरको अध्यक्ष
    २०७५ सालमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको केन्द्रिय सदस्य,२०८० सालमा सिद्धार्थनगर नगरपालिकाको शिक्षा समिति सदस्य
    २०८१ सालमा नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाको जिल्ला उपसभापति तथा रक्त सञ्चार सेवा समिती, रुपन्देहीको संयोजक,२०८२ (सन् २०२५/०२६)सालमा लायन्स डिष्ट्रिक्ट ३२५ पि को डिष्ट्रिक्ट सल्लाहकार समेत बनेका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation