१४७ औ मेल्वीन जोन्स जन्मजयन्तीमा सप्ताह समापन , उत्कृष्ठ कार्य गर्ने क्लवलाई अवार्ड सहित सम्मान

  • बुटवल, ३० पुस । लायन्स क्लबका जन्मदाता मेल्विन जोन्सको १४७ औँ जन्मजयन्तीको अवसरमा लायन्स डिष्ट्रिक ३२५ पी अन्तर्गत एरिया ३ र ४ को संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ ।
    बुटवलमा आयोजना गरिएका विविध सामाजिक कार्यक्रमको समापन ईट्टाभट्टीस्थित एशियन होटलमा गरिएको हो । समापन कार्यक्रमको उद्घाटन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पीका गभर्नर बलराम भट्टराईले लायन्स क्लबहरूले समाजमा गरेको योगदान उदाहरणीय रहेको उल्लेख गर्दै सबैको सहकार्यले सामाजिक क्षेत्रमा सकारात्मक ऊर्जा फैलिएको बताउनु भयो ।
    कार्यक्रममा आईपीपी पुरुषोत्तम भक्त प्रधानाङ्ग, फष्ट भिडिजी सन्दीप कशोधन, सेकेन्ड भिडिजी मिना पन्थी, पीएमसीसी शुनिल बज्राचार्य, पीडिजी अर्जुनमान शैजु,पीडिजी नवराज न्यौपाने, पीडिजी महेन्द्र नारायण श्रेष्ठ, डिष्ट्रिक सचिव एम।एल। पाण्डे, डिष्ट्रिक कोषाध्यक्ष संगम न्यौपाने, जिएसटी आशिष कृष्ण श्रेष्ठलगायतले उपस्थीत रहेको थियो ।

    एरिया ३ का एरिया चिफ कृष्णप्रसाद पाण्डे र एरिया ४ की एरिया चिफ प्रबिना घिमिरेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो। सप्ताहव्यापी मेल्विन जोन्स अभियानअन्तर्गत सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने क्लबलाई अवार्डसहित सम्मान गरिएको छ ।
    कार्यक्रम संयोजन एरिया ३ का नविनप्रसाद श्रेष्ठ र एरिया ४ का विष्णु काफ्लेले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन एन्जिल खानले गर्नुभएको थियो । सो अवसरमा सामाजिक सहयोगअन्तर्गत गुल्मी सत्यवती गाउँपालिका–४, लिम्घाका क्यान्सर पीडित १० वर्षीय इस्वर शर्मा,क्यान्सर रोगबाट पिडित एन्जल थारु र प्यारालाइसिस रोग बाट पिडित इन्द्र कुमारि शाहिलाई सहयोग प्रदान गरिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation