लफङ्गाले गरे घाईतेलाई सहयोग

  • भैरहवा ,२८ पुस । लफङ्गा समूहले सैनामैनाका घाईते कपील पोख्रेललाई नगद आर्थिक सहयोग गर्नुका साथै विभिन्न सामाजिक परोपकारका कार्यहरुमा सक्रियता देखाएको छ ।
    रुपन्देही जिल्ला अदालतमा कार्यरत राजपत्र अनंकित कर्मचारीहरुको लफङ्गा समूहले जेन्जी आन्दोलनको आवेग एवं भावनालाई समेत सम्मान गरी रुपन्देही जिल्ला अदालतमा आगजनी तोडफोड लुटपाटको ठूलो क्षति हुनबाट जोगाउन सफल भएको थियो ।
    मुस्कान, मित्रता, सामिप्यता र जिम्मेवारी बोध गरी लफङ्गा समूह आफनो कार्यमा सदैव तम्तयार रहेको अध्यक्ष सापकोटाले बताउनुभयो । रुपन्देही जिल्ला अदालतमा आउने सेवाग्राहीहरुलाई सहज र सरलढंगले सेवा प्रवाहमा लफङ्गा निरन्तर लागि परेको उनले जानकारीदिए ।
    यसैविच लफङ्गाले रुपन्देही जिल्ला अदालतका मुख्य न्यायाधिश अशोक बस्नेत एवं उच्च अदालत तुल्सीपुर बुटवल ईजलाशका निमित रजिस्टार यज्ञमुर्ती ज्ञवाली र रुपन्देहीका निमित श्रेस्तेदार कृष्ण प्रसाद पौडेलको उपस्थितीमा बुटवल मिलन पार्कमा साथीहरुका विचमा गहिरो मित्रता र सामिप्यतामा वनभोज कार्यक्रम गरेको छ । सो अवसरमा निमित ईजलाश अधिकृत गणेश पोख्रेल र विष्णु पन्थीको जन्मदिन भव्य र सभ्य रुपमा मनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation