बुटवल,२७ पुस । बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित ऐतिहासिक तथा धार्मिक स्थल देवस्थल मन्दिरको १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष पुष्पा शर्माको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारण उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले धार्मिक स्थलहरुलाई प्रचार गर्न सके पर्यटकहरुलाई आर्कर्षित गर्न सकिने बताए ।उनले नेपाल धर्म, संस्कृतिमा अग्रणी रहेको समेत बताए ।
कार्यक्रममा अध्यक्षको प्रतिबेदन पेश गर्दै अध्यक्ष पुष्पा शर्माले मन्दिरको पश्चिम पट्टी बहुउद्देश्यीय भवन निर्माणका लागि पहल गरिने बताईन । उनले मन्दिरलाई थप आर्कषणको केन्द्र बनाउन विज्ञहरुबाट सुझाव संकलन गरी गुरुयोजना बनाउने र यसलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने योजना रहेको बताईन ।
साथै उनले मन्दिर परिसरमा रहेका अधुरा योजनालाई सक्दो छिटो सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाईन । कार्यक्रममा बसन्त राना, शान्ती घिमिरे, सल्लाहकार टुक बहादुर क्षेत्री, भरत पाठक, अशोक गुरुङ, ज्योति अर्याल, नहकुल शाही ठकुरी लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा जंग बहादुर शाह, टेकनारायण अधिकारी, रामचन्द्र ज्ञवाली, डिल्ली नारायण पाण्डे, पिताम्बर न्यौपाने, गुणाधिनी अर्याल, उषादेवि भट्राई, पुरुषोत्तम गौतम, रघुनाथ पौडेल, लालमणी न्यौपाने लाई जेष्ठ नागरिकको रुपमा सम्मान गरिएको थियो ।
त्यस्तै भिमकला न्यौपाने, देवीलाल पौडेल, खगेन्द्रनाथ भट्राई, क्रृषिराम पाण्डे, लोककुमारी पाण्डे, धन प्रसाद पाण्डे, झनकुमारी पाण्डे र खड्ग प्रसाद अधिकारीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा लेखा संयोजक विश्वबन्धु न्यौपाने र कोषाध्यक्ष बद्री प्रसाद अर्यालले प्रतिबेदन प्रस्तुत गरेका थिए । मन्दिर व्यवस्थापन समितिका बरिष्ठ उपाध्यक्ष कमल नेपालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव रनमाया चापागाईले गरेकी थिईन ।











