भैरहवा,१९ पुस । रुपन्देही जिल्लाको मुटुमा अवस्थीत एतिहासिक श्री गणेश कालिका मन्दिर सञ्चालक समितीको शनिवार सम्पन्न सातौ साधारणसभा एवं चौथो अधिवेशनबाट समाजसेवी ज्ञान प्रसाद काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिती सर्वसहमत निर्विरोध रुपमा चयन भएको छ । संस्थाको विधान बमोजिम भएको उक्त अधिवेशनबाट उपाध्यक्ष पदमा विश्व काफले, सचिवमा टिकाराम भट्टराई, कोषाध्यक्षमा तिलक कुमार प्रधान, सहसचिवमा शारदा पन्त, सहकोषाध्यक्षमा बाबुराम न्यौपाने र सदस्यहरुमा कृष्णराज गिरी, सावित्री बराल, मिना श्रेष्ठ, राम बन्जाडे, गिता गौतम सर्वसहमत निर्विरोध चयन भएको निर्वाचन प्रमुख अधिवक्ता कृष्णप्रसाद ढकालले जानकारीदिनुभयो । 
साधारणसभा एवं अधिवेशनको सिद्धार्थनगर नगरपालिकाका वडा नं. १२ का युवा नेता वडा समिती सदस्य इसान भण्डारीले उदघाटन गर्नुभएको थियो । श्री गणेश कालिका मन्दिर सिद्धार्थनगरको एतिहासिक धरोहर भएकोले यसको संरक्षणका लागि नगरपालिका ततपर रहने नेता भण्डारीले बताउनुभयो । आज आएर स्थानियवासीहरु स्वयम धार्मिक सांस्कृतिक क्षेत्रमा संरक्षण समवद्र्धन एवं विकासका लागि ततपर भई सकारात्मक र रचनात्मक भूमीका खेल्न आग्रह गर्दै उनले नगरपालिका वडाका साथै आफूले व्यक्ति रुपमा समेत मन्दिरका लागि आवश्यक सहयोग गर्ने आस्वासन दिनुभयो ।
उक्त समारोहमा मन्दिरमा अखण्ड दिप प्रज्वलनका लागि अक्षयकोष स्थापनार्थ सहयोग गर्ने चन्ददाता र आजिवन सदस्यहरुलाई समेत सम्मान एवं प्रशंसापत्र प्रदान गरिएको सल्लाहकार पुण्यप्रसाद ढकालले बताउनुभयो । साधारणसभामा सचिव र कोषाध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमाथि सभाका आजिवन सदस्यहरुले टिप्पणी गर्दै विभिन्न सुझावहरु दिएका थिए ।
साधारणसभामा बारका कोषाध्यक्ष तारानाथ आचार्यले १४ लाख ७५ हजार ५५ रुपैयाको आयव्याय सार्वजनिक गर्नुभएको थियो । सभामा चन्द्रकान्त भट्टराई एण्ड एशोसियट्सले तयार पारेको लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो । सचिव वासुदेव शर्माले बारले गतवर्ष गरेको प्रगति प्रतिवेदन र भावी कार्ययोजनाका बारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।











