मुक्तिधाम टोल विकास संस्थाको नवौ साधारण सभा सम्पन्न

  • बुटवल ,१९ पुस । बुटवल उपमहानरपालिका वडा नम्बर १५ मा रहेको मुक्तिधाम टोल विकास संस्था का नवौ साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रेम प्रसाद पौडेलको अध्यक्षता तथा बुटवल उपमहानरापलिका नगर प्रवक्ता तथा वडा नम्बर १५ का वडाअध्यक्ष युवा नेता शिव रानाको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो । साधारण साभामा वडा सदस्य कुलप्रसाल लम्सालको विशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष प्रेम प्रसाद पौडेलले संस्थाको बार्षिक प्रतिवेदन पेश गरेका थिए । टोलका सचिव डम्मरादेवी शर्मामा सञ्चालनमा रहेको कार्यक्रमको कोषाध्यक्ष राजु पौडेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation