त्रिविको दीक्षान्त भोलि बिहीबार रंगशालामा, ८९ हजार विद्यार्थी दीक्षित हुदै

  • काठमाडौ,९ पुस । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह (बिहीबार) भोलि हुँदैछ । समारोह त्रिपुरेश्वरस्थित रंगशालामा हुनेछ ।
    परीक्षा नियन्त्रण कार्यालय बल्खुका प्रवक्ता कविराज पौडेलका अनुसार यो वर्ष ८९ हजार १९९ विद्यार्थी दीक्षित हुँदैछन् । ‘तयारी पूरा भएको छ । अब भोलि समारोहको आयोजना हुने छ,’ उनले भने । त्रिविका अनुसार २०८१ साल असार १ गतेदेखि २०८२ साल जेठ ३१ गतेसम्मको एक शैक्षिक सत्रमा स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि (पिएचडी) तह उत्तीर्ण गर्ने विद्यार्थीको संख्या ८९ हजार १९९ छ ।
    जसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन औपचारिक रूपमा आवेदन दिएका छन् । आवेदकहरूमध्ये स्नातक तहमा ११ हजार २३४ जना, अधिस्नातक तहमा १४ जना, स्नातकोत्तर तहमा ४ हजार ८६० जना, दर्शनाचार्य तहमा १२० जना तथा विद्यावारिधि तहमा १५२ जना रहेका छन् ।
    साथै, २३ हजार ९८० जना अभिभावकरसंरक्षकले पनि सहभागिताका लागि आवेदन दिएका छन् । दीक्षान्तमा एक जना विद्यार्थीको दुई अभिभावक आउन सक्छन् । रंगशालामा विद्यार्थी र अभिभावक गरी करिब ५० हजारको हाराहारीमा उपस्थित त्रिविको अनुमान छ ।दीक्षान्त समारोहको सन्दर्भ पारेर समारोहमा करिब २५ वटा दीक्षान्त पदक तथा पुरस्कारहरू वितरण गरिनेछ । दीक्षान्त समारोहको विशेष आकर्षणका रुपमा जापानका भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
    त्रिविको दीक्षान्त समारोहमा पहिलो पटक नोबेल पुरस्कार विजेता सहभागी हुन लागेकाले यसले त्रिविको अन्तर्राष्ट्रिय शैक्षिक प्रतिष्ठा, विश्वस्तरीय पहुँच तथा शैक्षिक उत्कृष्टतालाई उजागर गर्न सहयोग पुग्ने त्रिविको विश्वास छ ।
    समारोहको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले गर्नेछिन् ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सह-कुलपति महावीर पुन पनि समारोहमा विशेष अतिथिका रूपमा सहभागी हुनेछन् । यस्तै कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा। दीपक आर्यालको विशेष आतिथ्यता रहनेछ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation