काठमाडौँ,९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बीच एकताको सहमति भएको छ । बुधबार राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरे पत्रमा पुस १६ गते एकता घोषणा सभा गर्ने उल्लेख छ ।











