लायन्स क्लब अफ बुटवल युथले जाडोयाममा न्यानो वितरण गर्ने

  • बुटवल ,९ पुस ।लायन्स क्लब अफ बुटवल युथले जाडोयाममा न्यानो वितरण गर्ने अभियान अन्तर्गत क्लोथ बैंक बुटवललाई करिब ३५० थान न्यानो कपडा हस्तान्तरण गरेको छ। क्लबको करिब एक महिनादेखिको योजनाअनुसार संकलित कपडा एक कार्यक्रमका बीच क्लोथ बैंक बुटवललाई प्रदान गरिएको हो।

    कार्यक्रम क्लबका अध्यक्ष लायन सूर्य पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट 325 Pका डिस्ट्रिक्ट गभर्नर पीएमजीएफ लायन बालाराम भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै, डिस्ट्रिक्टका द्वितीय उपाध्यक्ष पीएमजीएफ लायन मिनापन्थी तथा एम्बेस्डर अफ गभर्नर लायन दीपकप्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

    कपडा संकलन कार्यक्रमका संयोजक लायन लक्ष्मण बन्जाडेले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने क्लोथ एन्ड फुड बैंक बुटवलका अध्यक्ष कमल जिसीले धन्यवाद मन्तव्य दिनुभयो। कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर भट्टराईले क्लोथ बैंक बुटवललाई आगामी दिनमा पनि सबै तवरबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ बुटवल युथका सचिव लायन प्रदीप कुमार विश्वकर्माले गर्नुभएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation