लायन्स क्लव अफ बुटवल स्टार्सले बढ्यो रोल्पा पुगेर न्यानो कपडा

  • रोल्पा,९ पुस । लायन्स क्लव अफ बुटवल स्टार्सले ’’जहाँ दुख्छ त्यहाँ पुग्छ’’भन्ने नारालाइ आत्मसात लुम्बिनी प्रदेशको विकट पहाडी जिल्ला रोल्पामा पुगेर विद्यार्थीको लागि न्यानो कपडा वितरण गरेको छ । रोल्पाको सुनछहरी गाउँपालिका वार्ड नम्बर ४ सिउरीको श्री सिद्ध आधारभूत विद्यालयमा एक बृहत् कार्यक्रम १ सय २० जना बालबालिका हरुलाइ न्यानो कपडा (ट्र्याकसुट) तथा खेलकुद सामाग्री हरु वितरण गरेको क्लवका अध्यक्ष राजन जिसीले जानकारी दिए ।
    सहयोग वितरण कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष हर्कममान बुढा मगर, विद्यालयका प्रधानाध्यापक लिल बहादुर घर्ती मगर को उपस्थितिमा सहयोग प्रदान गरिएको कार्यक्रम संयोजक कमलेश कसौधनले जानकारी दिए ।
    बुटवल देखि रोल्पा सम्म आएर सहयोग प्रदान गर्नु आफैमा सबैभन्दा ठुलो कार्य भएको भन्दै वडा अध्यक्ष बुढा मगरले क्वल गरेको सहयोगको उच्च पं्रशसा समेत गरेका थिए । उनले रोल्पा आफैमा विकट जिल्ला र विपन्न समुदायको बसोबास भएको स्थान भएको कारण बढ्दो चिसो बाट जोगाउनको लागि क्वले प्रदान गरेको न्यानो कपडा र शैक्षिक सामग्रीले विद्यालयको लागि ठुलो गुन लगाएको बताएका थिए ।
    विद्यालयका प्रधानाध्यापक लिल बहादुर घर्तीमगरले बाजागाजा, फुलमाला सहित क्लवका पदाधिकारी र सदस्यालई स्वागत गर्दै न्युन आय भएका बालबालिकाहरुको लागि प्रदान गरिएको सहयोग आफैमा महत्वपूर्ण भएको बताएका थिए । कार्यक्रममा लायन्स क्लव अफ बुटवल का पदाधिकारी, सदस्य सहित एरिया ३ का सचिव एन्जील खान सहितको सहभागीता रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation