जनकपुर,४ पुष। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन् ।
शुक्रबार मधेस प्रदेश सभामा विश्वासको प्रस्ताव राखेका यादवलाई प्रदेश सभाले विश्वासको मत दिएको हो ।
यादवको पक्षमा कुल ९२ मत परेको थियो । मतदानमा सहभागी भएका सबै सांसदहरूले उनलाई मत दिएका थिए ।
प्रदेश सभाको अध्यक्षता गरिरहेकी उपसभामुख बबिता कुमारी राउत ईशरले शुक्रबार साँझ विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरिन्।











