विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

  • काठमाडौँ,२५ मंसिर । लुम्बिनी लायन्स दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
    बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो ।
    लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोएल्ससँग खेल्नेछ । रोएल्सले पहिलो कवालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ ।
    त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९४ रन बनायो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation