उत्साहित सहकारीमा उत्साह…

  • भैरहवा, मंसीर ६ । उत्साहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगरका सहकारीहरुमध्ये एक नमूना सहकारीका रुपमा आफनो पहिचान बनाउन सफल भएको सिद्धार्थनगर नगरपालिका बोर्ड समिती मेम्बर दामोदर शर्माले बताउनु भएको छ । उक्त कुरा सिनपा ७ का वडा अध्यक्ष समेत रहेका शर्माले शनिवार भैरहवाको लभ गार्डेनमा आयोजित उत्साहित सहकारीको १६ औं वार्षिक साधारणसभाका प्रमुख अतिथिको रुपमा सभाको उदघाटन मनतव्यमा बताउनुभएको हो । उत्साहीतले आजको सानो बचतबाट भोलिको उज्यालो भविश्य सुनिश्चित गर्ने सोचका साथ विगत १६ बर्ष देखि सिद्धार्थनगर क्षेत्रमा क्रियाशिल रहदै आएको छ ।
    १६औंं साधारणसभामा प्रमुख शर्माले सहकारी खोलेर अबैध कारोवार गर्ने र सहकारी वचतका नाममा सर्वसाधारण जनताको पैसा ठग्ने सहकारीलाई छिट्टै नै कानुनी दायरामा ल्याउनु पर्ने चुनौतीहरु रहेको बताउनुभयो ।
    सहकारीले स्पष्ट रुपमा हिसाब पारदर्शि गर्नुपर्ने, शेयर सदस्यको हितलाई ध्यानदिनुपर्ने, व्याज र ऋणमुखी बनेर आफूखुशी व्यक्ति हेरेर मनोमानिढंगबाट ऋण प्रवाह गर्न नहुने उहाँले सुल्झाउनु । सरकारले सहकारीहरुलाई कडाईका साथ नियमन गरी सहकारी संस्थाहरुमा देखिएको वेतिथी अनत्य गर्नुपर्नेमा अध्यक्ष शर्माले जोड दिनुभयो ।
    सो अवसरमा शेयर सदस्यका छोराछोरीहरुमध्येबाट एसईइमा सर्वोउत्कृष्टता हासिल गर्ने सम्मान भण्डारी, एश्लि आचार्य, रोहन वि.क. लाई सम्मान गरिएको थियो । संस्थाले साधारणसभामा शेयर सदस्य मधु कुमार वनिया, इशहाक मुसलमान र माधव प्रसाद कोईरालालाई कोषवृद्धि सम्मान र सहव्यवस्थापक अस्मिता के.सी.लाई प्रसंशापत्र प्रदान गरेको छ । कुल ३८० सदस्य रहेको उत्साहित सहकारीमा शेयर पूजि ५८ लाख रहेको र बचततर्फ ३ करोड ७७ लाख ८८ हजार ३७२ मध्ये ३ करोड ४६ लाख लगानी गर्नुका साथै आफनै आधुनिक भवन भौतिक सम्पति जोड्न संस्था सफल भएको देखिन्छ ।
    संस्थाका अध्यक्ष राजेन्द्र घिमिरे, पूर्व अध्यक्ष एवं सल्लाहकार माधव कोईराला, निर्वतमान अध्यक्ष कृष्णराज ढुंगाना, महिला अगुवा एवं शेयर सदस्य मिना श्रेष्ठ लगायतले मन्तव्य सहित संस्थाको आर्थिक अवस्था दीर्घकालिन रणनीतिक अल्पकालिन योजना ल्याउनुपर्नेमा साझा धारणा राखेका थिए । सचिव कपिल काफ्लेको सञ्चालन उपाध्यक्ष ओमराज पन्तको स्वागत गर्नुभएको उक्त साधारणसभामा घनश्याम पोख्रेलले लेखा सुपरिवेक्षण समितीको प्रतिवेदन, कोषाध्यक्ष सुरेन्द्र प्रधानले कोषाध्यक्षको वार्षिक आय व्याय प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation