रक्षा बमको संयोजकत्वमा नेपाल जेनजी फ्रन्ट को घोषणा

  • काठमाडौ ,१४ कात्तिक। जेनजी अगुवा रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ नाम राखेर मोर्चा घोषणा भएको छ ।
    उनले सामाजिक सञ्जालमा २१ पृष्ठको दस्तावेजसहित फ्रन्ट घोषणा गरेकी हुन् । जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै उनले जेनजी फ्रन्ट गठन गरेको जनाइएको छ । यसमा ३८ जना समेटेर संयोजन समिति गठन गरेको रक्षाले बताइन्।
    ुहामीले आज देशभरिका विभिन्न ठाउँमा बसेका प्रतिनिधिहरू समेटेर नेपाल जेनजी फ्रन्टको घोषणा गरेका छौं। यसमा महिला, विभिन्न संघसंस्था, शुभेच्छु, लैंगिक अल्पसंख्यक समुदाय समेतलाई समेटेका छौं,अहिले हामी ३८ जना छौं। यो संख्या बढ्दै जान्छ। हामी यसमा जोडिन अरू युवाहरूलाई पनि आह्वान गर्छौं।अहिले गठन गरिएको समूहले संघीय संरचनाका रुपमा काम गर्ने तथा प्रदेश र जिल्लाका समितिहरू पनि चाँडै घोषणा हुने बताइन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation