रेडक्रस रुपन्देही र सिनपाका सहकारी संस्थाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • बुटवल,२५ असोज । नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाले सिद्धार्थनगर पालिकामा सञ्चालित सहकारी संस्थाहरुसँग ‘छलफल तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ । रुपन्देही जिल्लामा रगतको संकलन, आपुर्ती तथा रक्तदान कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्यायको सभापतित्वमा भएको थियो भने कार्यक्रमको उद्धेश्यमाथि रेडक्रस रुपन्देहीका उपसभापति तथा रक्तसञ्चार सेवा समिति, रुपन्देहीका संयोजक सुशील गुरुङ्गले प्रकाश पार्नुभएको थियो ।
    कार्यक्रममा सामाजिक दायित्व वहनमा सहकारी संस्थाको ठुलो योगदान रहेकाले रक्तदाता शिक्षा र रक्तदान कार्यक्रममा सहकारी संस्थाहरुलाई पनि साथ लिई प्रभावकारी बनाउनपर्ने, सहकारी संस्थाको वार्षिक क्यालेण्डर नै निर्माण गरि प्रत्येक सहकारीले रक्तदान कार्यक्रम नियमित रुपमा आयोजना गर्ने, रेडक्रस र सहकारीका विचमा सहकारी सञ्जालले समन्वय र सहयोग गर्ने विषयमा वक्ताहरुले आफ्ना धारणा राख्नु भएको थियो ।

    अन्तरक्रियामा सिनपा वडा नं. ३ का पुर्व वडा अध्यक्ष तथा मयुर बचत तथा ऋण सहकारीका अध्यक्ष थानेश्वर पौडेल, अविरल बचत तथा ऋण सहकारीका अध्यक्ष कविराम भट्टराई, स्वस्तिक बचत तथा ऋण सहकारीका अध्यक्ष लता पोखरेल, लुम्बिनी बचत तथा ऋण सहकारीका अध्यक्ष इन्द्र बहादुर थापा, लुम्बिनी कृषि सहकारी संस्थाका अध्यक्ष तेजेन्द्र यादव, शिखर बचत तथा ऋण सहकारीका सचिव विजय जिसी, सुरिलो कृषि सहकारीका सचिव धर्मराज शर्मा, अभिरुचि बचतका कोषाध्यक्ष निराजन पोखरेल, प्रबद्र्धन बचतका श्रीराम घिमिरे, अंकुर बचतका व्यवस्थापक विमला घिमिरे, रेडक्रस रुपन्देहीका उपसभापति रुपमा हिराचन, कोषाध्यक्ष अर्जुनराज उपाध्याय, राम प्रसाद सापकोटा, कर्मचारी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला सदस्य राकेश गुरुङ्गले गर्नुभएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation