मानसिक स्वास्थ्य सचेतना जगाउन र्याली तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • बुटवल ,२४ असोज । विश्व मानसिक स्वस्थ्य दिवसको अवसरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी नेपालको सप्ताहव्यापी कार्यक्रम मा आज सचेतनामुलक र्याली तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
    “सेवामा पहुँच — विपद् र आपतकालीन अवस्थाहरूमा मानसिक स्वास्थ्य”, मानसिक स्वास्थ्यः हाम्रो अधिकार, हाम्रो जिम्मेवारी , मानसिक सशक्तिकरणबाट समाजलाई बलियो बनाऔं , “मानसिक स्वास्थ्य आपतकालीन परिस्थितिमा” लगायतका मानसिक स्वास्थ्यका सन्देशसहित प्लेकार्ड प्रदर्शन गर्दै र्याली बुटवल राजमार्ग चौराहा बाट सुरु भएर टफिक चोक पुगेर समापन भएको थियो । त्येस्तै पाल्पाको तानसेन, भैरहवा ,सैनामैना, कपिलबस्तु,देवदह, नवलपरासि पनि कार्यक्रम भएको थियो ।
    कार्यक्रमको उद्घाटन गर्दै डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले लायन्स डिष्ट्रिकमार्फत सात दिनदेखि निरन्तर सचेतना, शिक्षा, ध्यान, मनोशान्ति,लक्षित वर्गलाई सहयोग गर्ने जस्ता कार्यक्रम गर्दै आएको बताए । आम जनसमुदायमा मानसिक स्वास्थ्यको बारेमा सचेतना जगाउने नया र रचनात्मक ढंगको कार्यक्रम भएको उनले बताए ।शहरमै पनि विपन्न, गरीब तथा ग्रामीण भेगमा धेरैजसो नेपालीले अझै पनि यसबारे खुलेर चर्चा गर्दैनन्। कसैले थाहा पाइहाल्छ कि भन्ने डरले मानसिक रोग पालेर बस्छन्। अझ दुःखलाग्दो त, मानसिक समस्या भएका व्यक्तिलाई सहयोग तथा उपचार गर्नुको सट्टा घरपरिवार र समाजले ‘बौलाएछ’ या ‘दिमाग खुस्केछ’ भने प्रताडित गर्छन्।यस्तो अवस्थामा मानसिक समस्याबाट गुज्रिरहेका व्यक्ति र परिवारका सदस्य थप पीडा भोगिरहेका हुन्छन्। उनीहरूलाई यसबारे कसरी कुराकानी गर्ने भन्ने आधारभूत जानकारी पनि हुँदैन। जसले समस्या जटिल बन्ने गरेको पाइन्छ।
    प्रारम्भिक चरणमै मानसिक स्वास्थ्यबारे घरपरिवारसँग छलफल गर्न नसक्दा वा घरपरिवारले बेवास्ता गर्दा कतिपय व्यक्ति घर छाड्न बाध्य हुन्छन् भने कतिपय मानसिक रोगी बन्छन्। मानसिक अस्वस्थता बढ्दै गएपछि कार्यक्षमतामा ह्रास मात्र ल्याउँदैन, यसले थप समस्या निम्त्याउँछ। यी र यस्ता कुरालाई मध्यनजर गर्दै लायन्स इन्टरनेशनल ३२५ पी नेपालको सप्ताहव्यापी कार्यक्रम गरेको बताए ।
    कार्यक्रममा बोल्ने बतmाले विश्वमा नै राजनीतिक, भुक्षय, युद्ध, बाढीपहिरो जस्ता कारणबाट मानसिक समस्यबाट गुज्रिरहेको बताए । ‘यस्तो अवस्थामा मानिसहरुमा डर, भय र चिन्ता देखिनु स्वभाविक हो । उनीहरुमा मनोसामाजिक सहयोग गर्न सके दीर्घकालीन समयमा मानसिक समस्याहरु, मानसिक रोगहरु आउनबाट रोक्न सकिने बताए । स्वास्थ्य ब्यक्ति हुन सकेमात्र स्वास्थ्य समाजको कल्पना गर्न सकिने बताए ।
    कार्यक्रम विशेषज्ञ चिकित्सकबाट मनोविज्ञान, एन्जायटी र ओभरथिंकिङजस्ता समस्याबाट हटाउने उपायहरु ज्ञान दिने प्रभावकारी हुने स्वास्थ्यका साथै मानसिक स्वास्थ्यमा पनि समाजले ध्यान दिन जरुरी रहेको हुँदा मानसिक समस्याबारे खुलेर कुरा गर्न सक्ने वातावरण बनाउनु आजको आवश्यकता भएको बताए थिए । र्याली मा डिष्ट्रिक ३२५ पि अनर्तगतका क्लबहरु, बाह्माकुमारी विश्वबिधालय बुटवल र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा टफिक ब्यवस्थापन बुटवल र विभिन्न सस्थाहरुकोे सहभागिता रहेको डिष्ट्रिक सचिव एमएल पाण्डेले बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation