कर तिर्न र विवरण बुझाउन १ महिना समय थपियो

  • बुटवल ,३१ भदौ। भदौसम्म २५ तिर्नुपर्ने कर विवरण र राजस्व तिर्ने म्याद सरकारले १ महिना थप गरेको छ ।
    अर्थमन्त्री रामेश्वर खनालले २०८२ साउनको मासिक मूल्य अभिवृद्धि कर, अग्रिम करकट्टी, शिक्षा सेवा र विलासिता शुल्कको विवरण तथा कर रकम २५ असोजसम्म तिर्न सकिने गरी निर्णय गरेका हुन् । २०८२ साउन महिनाको कर आयकर, मूल्य अभिवृद्धि कर र आर्थिक ऐनबमोजिम बुझाउनुपर्ने शिक्षा सेवा शुल्कको विवरण र दाखिला पनि २०८२ असोज २५ गतेसम्म बुझाउन सकिनेछ।
    सरकारको यो निर्णयले आन्दोलनका कारण समस्यामा परेका करदाताहरूलाई थप समय मिलेको छ।
    अर्थमन्त्रालयका अनुसार करदातालाई कर तिर्ने समय थप्नुका साथै करदातालाई विलम्ब शुल्क, ब्याज, दण्ड र जरिवाना पनि नलाग्ने व्यवस्था मिलाएको छ।
    प्रेस विज्ञप्ति म्याद थप_2n3ogat

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation