
बुटवल, २४ असार । नमस्ते नेपालका कार्यवाहक सचिव मधुसुदन नेपाल (बिपिन)ज्यूको जन्मदिनको अवसरमा “शिक्षा र प्रकृति हातेमालो” अभियान अन्तर्गत बुटवल कालिका क्याम्पस परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा २० वटा बिरुवा रोपिएको छ।
कार्यक्रमका प्रमुख अतिथि बुटवल कालिका क्याम्पस प्रमुख घनश्याम पाठक ज्युले, नमस्ते नेपाल विगतदेखि नै एक स्वतन्त्र र रचनात्मक संस्था भएर समाजमा सकारात्मक टेवा पुराउदै आएको उल्लेख गर्नुभयो। उहाँले यस्तो अभियानले युवा पुस्तामा वातावरणीय चेतना र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यवाहक सचिव नेपालज्यूले जन्मदिनजस्तो विशेष दिनमा सामाजिक र वातावरणीय योगदान दिने परम्परा विकास गर्नु आवश्यक रहेको बताउँदै यस्ता अभियानहरूलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा संस्थाका संरक्षक अर्जुन खरेल केन्द्रीय अध्यक्ष मनिष भुसाल लगायतले मन्तव्य राख्दै सामाजिक कार्यलाई सेवा, संस्कार र सिर्जनाको माध्यम बनाउनु पर्ने आवश्यकता औंल्याउनु भयो।
कार्यक्रमको सञ्चालन केन्द्रीय कोषाध्यक्ष बरदान आचार्यले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्यहरू, क्याम्पस शिक्षक , तथा बिध्याथि हरुको उल्लेखनीय उपस्थिति थियो।
नमस्ते नेपालले आगामी दिनहरूमा पनि वृक्षरोपण, शिक्षा, वातावरण र सामाजिक नेतृत्वका क्षेत्रमा सक्रियता बढाउने प्रतिवद्धता व्यक्त गरेको छ।