रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षसहित दुई जना अख्तियारको नियन्त्रणमा

  • बुटवल ,२३ असार। रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जनार्दन यादवलाई तीन लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । वडा नम्बर ३ अन्तर्गत विभिन्न विकास योजनाको निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग मोलमोलाई गर्दै तीन लाख रुपैयाँ घुस माग गरेको आरोपमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले यादवसहित ‘श्री गणेश ट्रेडिङ’ का सञ्चालक विपिन कुमार पाण्डेयलाई नियन्त्रणमा लिएको हो ।
    आयोगका अनुसार उक्त घुस रकम जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित ‘श्री गणेश ट्रेडिङ’ का सञ्चालक विपिन कुमार पाण्डेयमार्फत लिन लगाइएको थियो ।पाण्डेयले सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले वडा अध्यक्ष यादव र विपिन कुमार पाण्डेयलाई ३ लाख रुपैयाँ नगद घुससहित नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation