युनुस अन्सारी १५ लाख धरौटी तिर्न नसकेर कारागार चलान

  • काठमाडौँ,२३ असार । सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका बाराका युनुस अन्सारी १५ लाख धरौटी तिर्न नसकेर कारागार चलान भएका छन् ।
    अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा जिल्ला अदालत काठमाडौँमा न्यायाधीश बलराम लम्सालको एकल इजलासले सोमबार भएको थुनछेक बहसपछि १५ लाख धरौटी दिन आदेश दिएपछि उक्त धरौटी रकम तिर्न नसकेर अन्सारी कारागार कार्यालय कारागार चलाउन भएका हुन् ।अन्सारी नक्कली भारतीय नोट प्रकरणमा दोषी ठहर भएपछि ललितपुरको नख्खु कारागारमा ६ वर्षको कैद सजाय भुक्तान गरी आइतबार छुट्ने क्रममा थिए । तर उनी रिहा हुने भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानका लागि उपस्थित गराइदिन कारागार व्यवस्थापन विभागलाई बुधबार नै पत्राचार गरिसकेको थियो ।त्यही पत्रका आधारमा कारागारबाट रिहा भए लगत्तै अन्सारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation