राज्यमन्त्री अरूणकुमार चौधरीले आज राजीनामा बुझाउँदै

  • काठमाडौं,२३ असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीले आज सोमबार राजीनामा बुझाउँदैछन्। शनिबार बसेको नाउपा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट पनि हट्ने निर्णय गरेको थियो। आइतबार नै राजीनामा बुझाउने तयारी गरेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओली बेली ब्रिज उद्घाटन गर्न हुम्ला गएकाले रोकिएको नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन। प्रधानमन्त्री भेटिनुभयो भने उहाँलाई दिन्छौं । नत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता गर्छौं,’ उनले भनिन, ‘पत्र दर्ता भएपछि राजीनामा दिएको भइहाल्यो।’नाउपाले सरकारलाई दिएको समर्थन फिर्तासँगै प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने भएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation