
बुटवल, १९असार । बुटवल १० कालिकानगरमा रहेको कालिका मानवज्ञान माविले कक्षा ११ मा नयाँ भर्ना हुन लागेका ६१ जना विद्यार्थीलाई पुर्ण छात्रवृत्ती प्रदान गरेको छ । विज्ञान संकाय र कम्प्युटर ईन्जीनियरिङ्ग तर्फको प्रवेश परिक्षामा सहभागी भएर उत्कृष्ठ नतिजा प्राप्त गर्ने कुल ६१ जनालाई निःशुल्क छात्रवृत्ती प्रदान गरिएको हो । जस अनुसार ती विद्यार्थीले कक्षा कक्षा ११ र १२ मा दुई बर्ष पूर्णरुपमा निःशुल्क अध्यन गर्न पाउने छन् ।
कम्प्युटर विज्ञान तर्फ प्रवेश परिक्षमा सहभागी २ जनाले पूर्ण छात्रावृत्ती प्राप्त गरेका हुन भने विज्ञान संकायमा भर्नाको लागि प्रवेश परिक्षा दिएका ६१जनाले पूर्ण छात्रवृत्ती प्राप्त गरेको कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए । उनका अनुसार कक्षा ११ मा विज्ञान र प्राविधिक धार तर्फको कम्प्युटर ईन्जीनियरिङ्ग तर्फ १५ सय बढि विद्यार्थीले प्रवेश परिक्षा दिएका थिए । तर विद्यालयले शैक्षिक गुणस्तर कायमको लागि विज्ञान संकायमा ६ सय ७८ जना र कम्प्युटर ईन्जीनीयरिङ्ग तर्फ ५७ जना विद्यार्थीको भर्नाको लागि छनौटमा परेका हुन । विहिबार विहान प्रवेश परिक्षा लिएकोमा साँझ परिक्षाफल प्रकाशन गरिएको हो । विद्यालयमा भर्ना भएका अन्य संकायका विद्यार्थीहरुको लागि निःशुल्क छात्रवृत्तीको लागि केही समय पश्चात परिक्षा लिने छ ।