स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

  • काठमाडौँ,१९ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल को स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । वीर अस्पतालमा उपचाररत मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको सचिवालयले जनाएको छ । मन्त्री पौडेल लाई निर्देशक प्रा. डा.दिलीप शर्माको नेतृत्वमा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । उच्च ज्वरो आउनुका साथै पेट दुख्ने समस्याको कारणले अस्पतालमा भर्ना गरिएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation