एघार वटा लायन्सको संयुक्त आयोजानमा ‎रक्तदान

  • बुटवल,१७ असार । लायन्स अन्तरास्ट्रिय ३२५ पी अन्तरगत का ११ वटा लायन्स क्लबहरू लायन्स क्लब अफ बुटवल डायनामिक लेडिज,लायन्स क्लब तिलोत्तमा स्टार्स, लायन्स क्लब अफ बुटवल मेट्रोसिटी,लायन्स क्लब अफ बुटवल इलाइट, लायन्स क्लब अफ बुटवल स्माटसिटि,लायन्स क्लब अफ बुटवल मुक्तिनाथ,लायन्स क्लब अफ बुटवल सन्सार,लायन्स क्लब अफ बुटवल स्टार्स ,लायन्स क्लब अफ बुटवल क्षीतिज ,लायन्स क्लब अफ बुटवल वस्ट र लियो क्लब अफ बुटवल स्टार्सको संयुक्त सहकार्यमा ‘वृहत रक्तदान कार्यक्रम ’गरिएको छ । कार्यक्रममा उपस्थित सहभागिता, उत्साह र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताले यसलाई अत्यन्त सफल र प्रभावशाली बनाएको आयोजकहरूले बताएका हुन । ‎कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ पि का डिष्ट्रिक गर्भनर बलराम भट्टराईले बोल्दै रक्तदानलाई मानव जीवन बचाउने सबैभन्दा ठूलो सेवा भन्दै रक्तदाता सदस्यहरूलाई पिन लगाई सम्मान गरेका थिए । उनले भने– “रक्तदान केवल रगत दिने प्रक्रिया होइन, यो मानवता र जीवनको उपहार हो। सबैले यो अभियानमा सहभागी हुनुपर्छ।”
    धेरै युवाहरू पहिलो पटक रक्तदान गरेको अनुभव सुनाउँदै आगामी दिनहरूमा पनि नियमित रूपमा रक्तदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ‎रक्तदाता र स्वयंसेवकलाई प्रमाणपत्र वितरण गरेर उनीहरूको योगदानको कदर गरिएको थियो। आयोजक क्लबका अध्यक्ष मध्ये बुटवल स्टार्सका अध्यक्ष राजन जिसिले भने अब ९० दिनको अन्तरालमा रक्तदान गर्ने बताए । “यो कार्यक्रम हामी सबैको सामूहिक प्रयासको नतिजा हो। मानव सेवा हाम्रो प्रमुख ध्येय हो र हामी यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौँ।”
    ‎‎कार्यक्रमले ११ क्लबहरूबीचको सहकार्य, समाजमा सकारात्मक सन्देश र सामाजिक उत्तरदायित्वप्रतिको चेतना झन् मजबुत बनाएको सहभागीहरूले बताएका छन्। आयोजकहरूले आगामी दिनमा अझ व्यापक रूपमा रक्तदान अभियान सञ्चालन गर्ने योजना समेत सार्वजनिक गरेका छन् ।‎‎ मंगलबारबार बुटवल अमरपथस्थित रक्तसंचार केद्रमा रक्तसंचार बुटवलको प्रबिधिक सहयोगमा रक्तदान गरिएको हो । कार्यक्रम अन्तर्गत १ सय दुइ पोईन्ट रगत संकलन गरिएको सयोजक इ छविन्द्र भट्टराई बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation