
बुटवल,१५ असार । पहिलो पाइला नेपाल बुटवल शाखाले बुटवल उपमहानगरपालिका–१३ स्थित जितेश्वरी पाणीनी उद्यान पार्कमा वृक्षारोपण आइतबार कार्यक्रम सम्पन्न गरेको छ । आजको बिरुवा, भोलिको भरोसा’ भन्ने नारासहित फलफुलका विरुवा वृक्षारोपण गरियकोपहिलो पाइला नेपाल बुटवल शाखाका कार्यवाहक अध्यक्ष गौरव खनाल बताए । वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि संस्थाका केन्द्रीय अध्यक्ष विनोद महत, विशिष्ट अतिथि श्रीषि आचार्य, तथा केन्द्रीय प्रवक्ता बिनोद बस्याल, केन्द्रीय सदस्य राजन अधिकारीको उपस्थिति रहेको थियो ।साथै, पाणीनी उद्यान पार्कका सचिव यम प्रसाद गैरे, पर्यावरण संरक्षण नेपालका अध्यक्ष गंगा पोख्रेल, पहिलो पाइला नेपाल बुटवल शाखाका सल्लाकार गंगाधर न्यौपानेलगायत स्थानीय सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो । शाखा सचिव रुद्र प्रसाद खनालले कार्यक्रम संचालन गरेका थिए ।