
कपिलवस्तु,१३ असार । कपिलवस्तुको बाणगंगाबाट संचालनमा रहेको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि. (लुम्बिनी लर्निङ्ग सेन्टर) ले आफ्नो १२ औं स्थापना दिवस बिहिबार भव्य रूपमा मनाएको छ । स्थापना दिवसको अवसरमा पिस हिमालय रिर्सोट ठाकुरापुरमा आयोजित कार्यक्रममा वार्षिक उत्सवसँगै विद्यार्थी सम्मान, खुल्ला नृत्य प्रतियोगिता, संस्थाको आफ्नै गीत विमोचन र विविध सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भएका हुन ।
ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन खुल्ला नृत्य प्रतियोगितामा नितु परियार प्रथम, सरिता बेल्बासे दोस्रो र मिना बेल्बासे तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ । विजेताहरूलाई संस्थाका प्रबन्धक असिम क्षेत्रीले नगद पुरस्कारसहित प्रमाणपत्रद्वारा सम्मान गर्नुभयो । खुल्ला नृत्य प्रतियोगिता कार्यक्रमका निर्णायकहरूमा कलाकारहरु लेखनाथ घिमिरे, विनोद रञ्जन र शारदा खनाल रहनुभएको थियो । यो प्रतियोगितामा कुल १७ जनाले प्रतिश्प्रधामा भाग लिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बाणगंगा नगर उप–प्रमुख रिताकुमारी चौधरीले यसक्षेत्रको शैक्षिक उन्नयनमा ब्राइट लुम्बिनीले खेलेको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । संस्थाले १२ औँ वर्ष पार गरेकामा बधाई सहित आगामी दिनको शुभकामना पनि नगर उप प्रमुख चौधरीले दिनुभएको छ । यस्तै उहाँले वैदेसिक रोजगारीमा जान चाहने युवा युवतिहरुलाई सहज र प्रभावकारी भाषा अध्ययन लगाएतका अन्य प्रकृयाहरुमा समेत सरल तरिकाले सहजिकरण गरिदिने काममा ब्राइट लुम्बिनी इनटरनेश्नल एजुकेशन प्रा.लिको नाम सधै अगाडी आउने गरेको भन्दै यसमा आफ्नो पनि साथ र रहयोग रहने बताउनुभयो । कार्यक्रममा बाणगंगा नगर शिक्षा शाखा प्रमुख खिमबहादुर जिसी, साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको विश्ष्ठ आतिथ्यता रहेको थियो ।
यस्तै वार्षिक उत्सवको अवसरमा ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशनले संस्थाको आफ्नो गीतको अडियो विमोचन गरेको छ । लोकदोहरी गायक बिक्रम परियार र गायीका शान्तारानी परियारको स्वरमा रहेको ब्राइट लुम्बिनी कपिलवस्तुमा बोलको गीत प्रमुख अतिथि नगर उपप्रमुख रिताकुमारी चौधरीले विमोचन गर्नुभएको हो ।
संस्थाले आगामी एक वर्षका लागि सामुदायिक हितमा खर्च गर्ने गरी रु ३० हजार बराबरको रकम अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ। संस्थाका प्रबन्धक असिम क्षेत्रीले ब्राइट लुम्बिनी स्थापना कालमा सामान्य ट्यूसन सेन्टरबाट स्थापना भइ विभिन्न आरोह–अवरोहहरुको सामना गर्दागर्दै आज यो स्थानसम्म आइपुगेको भन्दै अब विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्नुका साथसाथै ब्राइट लुम्बिनीलाई सामाजिक हितका कार्यमा पनि सत्रिय बनाउने याजनामा आफु रहेको बताउनुभयो । उहाँले समुदायका विपन्न वर्गका मानिसहरुलाई सहयोग पुग्ने गरी संस्थाले यसपटकका लागि उक्त योजना अगाडी सारेको जानकारी पनि दिनुभयो । यस्तै उहाँले उपस्थित सबैलाई आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांगितिक प्रस्तुतीसहित ब्राइट लुम्बिनी इन्टरनेश्नल एजुकेशन प्रा.लि १२ औँ वसन्त पार गरी १३ औँ वसन्तमा प्रवेश गरेको खुसीयालीमा केक काटेर वार्षिकोत्सवको खुसीयाली साटिएको थियो । यस्तै संस्थाले विद्यार्थीहरुलाई पनि सम्मान गरेको छ भने वार्षिकोत्सवको अवसरमा चार दर्जन बढी मानिसहरुलाई मायाको चिनोसहित सम्मान गरेको छ ।
सांस्कृतिक कार्यक्रम तर्फ पछिल्लो समयकी चर्चित लोकदोहोरी गायिका शान्तरानी परियार र लोकदोहोरी गायक बिक्रम परियारले आफ्नो प्रस्तुती दिनुभएको थियो भने स्थानीय कलाकारहरु बिनोद रञ्जन, भक्तिराम घिमिरे, शिव खनाल, लगाएतले पनि कार्यक्रममा सांगितिक प्रस्तुती दिनुभएको थियो । यस्तै सोही कार्यक्रमबाट ब्राइट लुम्बिनीले संस्थाको प्रेस सल्लाहाकारमा संचारकर्मी राजेन्द्र खनाललाई नियुक्त गरेको छ ।
चर्चित कार्यक्रम उद्घोषक पूर्णचन्द्र परियारको संचालनमा सम्पन्न कार्यक्रममा ब्राइट लुम्बिनीमा विभिन्न भाषा अध्ययनरत विद्यार्थी, शिक्षक तथा अभिभावक, संचारकर्मीहरु लगाएतको उपस्थिति रहेको थियो ।