नमस्ते नेपालद्वारा खुल्ला सदस्यता: दिनको १ रुपैयाँमा समाज सेवाको यात्रामा जोडिने अवसर

  • बुटवल,१३ जेठ । समाज सेवामा सक्रिय संस्था ‘नमस्ते नेपाल’ ले आफ्नो १४औं स्थापना दिवसको अवसरमा चार दिनका लागि सदस्यता खुल्ला गरेको छ। इच्छुक व्यक्तिहरूले अनलाइन फर्म भरेर सदस्य बन्न सक्ने छन् ।
    संस्थाले समाजसेवामा सबैको सहभागिता बढाउनका लागि “दिनको एक रुपैयाँ समाजसेवामा” भन्ने भावनालाई आत्मसाथ गर्दै वार्षिक शुल्क रु ३६५ कायम गरेको छ। यो सदस्यता नयाँ व्यक्तिहरूका लागि मात्र नभई, विगतमा सदस्य रहेका र अहिले नवीकरण गर्न चाहने सदस्यहरूका लागि पनि लागू हुने संस्थाका कार्यकारी सचिव मधुसुदन नेपाल ९बिपिन०ले जानकारी दिएका छन्।

    नमस्ते नेपालले यस अभियानमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन इच्छुक युवाहरूलाई संगठित रूपमा समाजसेवामा सहभागी गराउने लक्ष्य राखेको छ। फारम भरेपछि संस्थाले प्रमाणिकरण गरी सदस्यता प्रदान गर्नेछ।

    सदस्य बन्न चाहनेहरूले निम्न बुँदाहरूमा ध्यान दिनुहोस्स् ।
    . पूरा नाम
    . नागरिकता नम्बर
    . रक्त समूह ९द्ययियम न्चयगउ०
    . स्थायी ठेगाना
    . अस्थायी ठेगाना
    . पासपोर्ट साइज फोटो (हालसालै खिचिएको)
    । शुल्कस् वार्षिक रु ३६५ (दिनको १ रुपैयाँ)
    माध्यमस् अनलाइन फर्म (संस्थाको आधिकारिक सोसल मिडिया लिंक मार्फत)
    संस्थाका अध्यक्षका अनुसार, “नागरिकको एक–एक रुपैयाँको संकल्पले ठूलो सामाजिक परिवर्तन सम्भव छ। यही सोचलाई व्यवहारमा उतार्न हामी सबैको सहकार्य अपरिहार्य छ। नयाँ सदस्यता अभियानमार्फत ‘नमस्ते नेपाल’ले युवाहरुलाई सामाजिक उत्तरदायित्वप्रति सचेत बनाउँदै, समुदाय–मुखी क्रियाकलापमा सहभागिता बढाउने लक्ष्य लिएको बताएका छन ।
    सदस्यता फारम अधिकारिक सामाजिक सञ्जाल पेजमार्फत उपलब्ध छ। इच्छुक सबैले यही चार दिनभित्र फारम भरि सदस्य बन्न अनुरोध गरिएको छ। सदस्यता वितरण विभागीय संयोजक केन्द्रिय कोषाध्य बरदान आचार्य रनुभएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation