जिनोमिक डाइनेस्टी ल्याब सातौँ वर्षमा प्रवेश विशेष छुटकोे प्याकेज घोषणा

  • बुटवल,३० बैशाख। स्वस्थ्य क्षेत्रमा गुणस्तरीय सेवा दिदै आएको जिनोमिक डाइनेस्टीको ल्याबोरेटोरी प्रालि सातौ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा बुटवलमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रयोगशालाको सेवालाई थप गुणस्तरीय र विश्वासिलो बनाउने गरि लाग्ने सञ्चालकहरुले प्रतिबद्धता जनाए ।
    संस्थाका अध्यक्ष मान बहादुर श्रेष्ठले ‘गुणस्तरीय सेवा, हाम्रो प्रतिवद्घता’ नारा अनुसार नै प्रदेशमा पहिचान दिन सफल भएको बताए । नेपाल सरकार र प्रदेश सरकारको प्राथमिकतामा परेको नसर्ने रोग पहिचान र निवारणका लागि प्रयोगशालाबाट विभिन्न छुटसहितका प्याकेजहरु उपलब्ध दिदै आएको उनको भनाई छ । नियमित परिक्षण गर्नुपर्ने विरामीहरूका लागि छुटसहितका सदस्यता कार्ड प्रदान गर्दै आएको श्रेष्ठले बबताए । छोटो लोकप्रियताका लागि सस्तो भन्दा पनि गुणस्तरीय सेवामा जोड दिएको उहाँले बताउनु भयो । ‘गुणस्तरमा प्रतिस्पर्धा गर्न जरुरी छ ।’– उनले भने ।
    सात वर्षको अवधिमा पाँच लाख बिरामीहरुलाई सेवा दिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । सातौ वर्ष प्रवेशको अवसरमा एक हप्ता भरि निशुल्क सुगर परिक्षण तथा अन्य परीक्षणमा ३० प्रतिशत छुट प्रालिले जनाएको छ । यसैगरि अपाङगता भएका व्याक्तिलाई प्रमाणपत्रको आधारमा निशुल्क सेवा दिने समेत बताईएको छ ।
    कार्यक्रममा क्वालिटी कन्ट्रोल म्यानेजर सुमन सापकोटाले ६० प्रतिशत भन्दा बढि विशिष्ट परिक्षणहरु प्रदान गर्दै आएको प्रयोगशालामा हेमोग्लोबिन ईलेक्ट्रोफोरोसिस अटो ईम्यन डिसअर्डर र ईन्फर्टिलिटि टेष्ट जस्ता परिक्षण विधि यस वर्षदेखि थप गरिएको बताए । आगामी वर्ष मोलिकुलर परिक्षण पनि समावेश गर्ने योजना रहेको सापकोटाको भनाई छ ।
    बुटवलमा दक्ष जनशक्ति र गुणस्तरीय सेवा दिने सिमित प्रयोगशालाहरूमध्ये आफु भएको उहाँले बताउनु भयो । मेशिन र मानविय त्रुटि रहेका छन । ६८ प्रतिशत मेसिनमा पुग्नभन्दा अघि त्रुटि हुने गरेको छ । सस्तोको नाममा मेशिन र रिएजेन्टको प्रयोग मुख्य त्रुटिको कारण भएको सापकोटाको भनाई छ । मान्यता प्राप्त मेशिन र सेवाको मापन जरुरी छ ।
    कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायण प्रसाद भण्डारीले स्वास्थ्यकर्मीहरुको लगानीमा गुणस्तरीय ल्याबको सेवा दिने उदेश्यका साथ स्थापना गरिएको बताउनु भयो । नाफामुलक ब्यवसाय संगै गुणस्तर रिपोर्ट उपलब्ध गराउदै आएको भण्डारीको भनाई छ ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेलले बिरामीको उपचारमा प्रयोगशालाको महत्व प्रकाश पर्दै केही प्रयोगशालाहरूको त्रुटिको घटनाहरु बेलाबेलामा सुनिँदै आएको भन्दै यस विषयमा सरोकारवाला सचेत हुनुपर्ने सुझाव दिनु भयो।
    कार्यक्रमको आम्दा नेपालका पुर्व मेसु तथा स्त्रीरोग विशेषज्ञ डा राजेन्द्र बस्यालले प्रयोगशालाको सेवामा छोटो समयमा तिब्र विकास भएको बताउनु भयो । यहीँको परिवर्तनका रुपमा प्रयोगशाला एक भएको भन्दै उपचारमा प्रयोगशाला रिर्पोट महत्वपूर्ण हुने उहाँको भनाई थियो ।
    संस्थाका सदस्य सचिव म्यानेजिङ डाइरेक्टर रमेश पाण्डेले तुलसीपुरमा एक शाखा सहित १२ जिल्लामा सेवा दिदै आएको बताए । हाल संस्थामा ३० बढी युवाहरुले रोजगार पाएको समेत पाण्डेले बताए । संस्थामा १सय भन्दा बढी सेयर सदस्य रहेको र आजभन्दा ७ बर्ष पहिलो स्थापना भएको पाण्डेको भनाई छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation