
लुम्बिनी, २९ वैशाख । २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा शोभा यात्रा निकालिएको छ । ५ नम्बर गेटबाट सुरु भएको कलश यात्रा मायादेवी मन्दिर, शान्ति दीप, केन्द्रिय नहर हुँदै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा पुगेको छ ।
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा हुने २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको औपचारिक कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।