
बुटवल, १३ बैशाख । लायन्स डिष्ट्रिक्ट ३२५ पी को डिष्ट्रिक्ट क्याबिनेट अफिसरहरुको डिक्लेरेसन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । आगामी लायन्स वर्ष २०२५ /२०२६ का लागि निर्वाचित डिष्ट्रिक्ट गभर्नर बालाराम भट्टराईले डिष्ट्रिक्ट ३२५ पीको लोगो , थिम र ब्यानर सार्वजनिक गरिएको थिए।तेस्तै २०२५ /२०२६ का लागि गभर्नर भट्टराईको थिम हेप्पि हर्ट हेल्पिङ ह्यान्डसू रहेको छ । उक्त कार्यक्रममा वर्ष २०२५ / २०२६ का गभर्नर बालाराम भट्टराईले आफ्नो कार्यकाल सफल बनाउनका लागि डिष्ट्रिक्टका विभिन्न पदहरूमा मनोनीत गरेका छन । सोही अवसरमा डिष्ट्रिक्ट चिफ एडभाईजर ,डिष्ट्रिक्ट सेक्रेटरी एडभाएजर ,डिष्ट्रिक्ट फाइनेशियल एडभाइजर ,डिष्ट्रिक्ट जिएटी टिम, चारवटै एरियाका लागि एरिया चिफ, डिष्ट्रिक्ट को चिफ एडभाइजर, रिजन तथा जोन चेयर पर्सनहरु डिष्ट्रिक्टका विभिन्न पदहरु समेत मनोनित गरिएको थिए। मनोनीत सम्पूर्णलाई डिष्ट्रिक्टको आधिकारिक मनोनित पत्रसमेत प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले आगामी कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमा त्यतै विशिष्ट अतिथिको रूपमा मल्टिपल डिष्ट्रिक्ट मार्केटिङ कोर्डिनेटर अरुण प्रताप राणा, निवर्तमान गभर्नर अर्जुनमान सैजु पूर्व गभर्नरहरु नवराज न्यौपाने , सुनिल ओझा, फर्स्ट डिष्ट्रिक्ट भाइस गभर्नर इलेक्ट सन्दिप कसौधन ,द्वितीय डिष्ट्रिक्ट भाइस गभर्नर इलेक्ट मिना पन्थी ,डिष्ट्रिक्ट क्याबिनेट कोषाध्यक्ष संगम न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमा २०२५/ २६ का लागि डिष्ट्रिक्ट क्याबिनेट सचिव एमएल पाण्डेको सञ्चालन तथा द्वितीय भाइस डिष्ट्रिक्ट गवर्नर मिना पन्थीको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो। सोही कार्यक्रममा लायन वर्ष २०२५ र२०२६ का लागि डिष्ट्रिक्ट क्याबिनेट अफिसर्स ट्रेनिङ आगामी जेठ ९ ,१० र ११ गते टाइगर प्यालेस वाइ सोल्टी कोटिहवारुपन्देहीमा सम्पन्न हुनेसमेत जानकारी सचिव एमएल पाण्डेले जानकारी दिए ।