संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिको रक्षा तथा यशासन व्यवस्थालाई सुदृढ गर्ने जिम्मेवारी माओवादीको हो :प्रचण्ड

  • काठमाडौँ,१३ बैशाख । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारीको शपथ तथा पद हस्तान्तरण कार्यक्रममा बौल्दै नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिको रक्षा तथा यो शासन व्यवस्थालाई सुदृढ गर्न माओवादी केन्द्र सधैँ लागिने बताए ।
    आफ्नो पार्टी जनतासँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयासमा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले हुलाकी राजमार्ग केन्द्रित अभियानपश्चात् मध्य पहाडी लोकमार्ग र उपत्यकासहित सहरी क्षेत्रमा पनि अभियान सञ्चालन गरिने बताए ।
    पृथक् प्रसंगमा अध्यक्ष दाहालले चिकित्सक एवं शिक्षकका जायज माग वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए । पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विचार र नेतृत्वका कारण जनताले माओवादीलाई रुचाएका बताए । पत्रकर राष्ट्रका पहरेदार भएकाले सत्य तथ्यमा आधारित समाचारका माध्यमबाट जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिए ।
    सेन्टरका पूर्वअध्यक्ष विष्णु सापकोटाले श्रमजीवी पत्रकारको हकहितलाई केन्द्रमा राखेर संगठन अघि बढ्नुपर्ने सुझाउ दिए । नवनिर्वाचित अध्यक्ष कमल गिरीले जन पक्षीय पत्रकारिता, श्रमजीवी पत्रकारको हकहित, स्वरोजगार सञ्चारमाध्यमको पक्षमा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गरे ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation