षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतार्छौं :प्रचण्ड

  • बुटवल, फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने बताएका छन्।

    बुधबार बुटवलमा मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै प्रचण्डले इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वहरुले गरेको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने बताएका हुन्।

    अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको देखेर प्रतिगामी तत्वहरुले धमिलो पानीमा माछा मार्न खोजेको उनले बताए।

    प्रचण्डले गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि सबै परिवर्तनकारी शक्ति र जनतालाई लिएर जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको स्पष्ट पारे। अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पछाडि फर्कनेतर्फ कसैले सोचे राम्रो नहुने बताए।

    प्रचण्डले राजनीति परिवर्तनमा उत्पीडित समुदायको ऐतिहासिक र निर्णायक भूमिका रहेको स्पष्ट गर्दै जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलोपटक धारणा तय गरेको जानकारी दिए।

    ‘प्रचण्ड’ बुधबार रुपन्देही जिल्लाको ओम तिया–६ मा अवस्थित राम जानकी जमुहानी पोखरा ताल पार्कको शिलान्यास गरेका छन् । पार्कको शिलान्यास गर्दै प्रचण्डले यस्ता ताल तथा पार्कहरूले रुपन्देहीको धार्मिक तथा ऐतिहासिक महत्वको पार्क निर्माणले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

    उनले स्थानीय पर्यटनसँग जोड्न यस्ता पार्कहरू अन्य ठाउँमा पनि बनाउन आग्रह गर्दै निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले स्थानीयहरू समन्वय यस्ता पार्क तथा धार्मिक स्थलहरू संरक्षण गर्नको लागि सरकारले ध्यान दिनु पर्ने बताए ।
    स्थानीय ,प्रदेश र सङ्घले जसले जहाँ विकास निर्माणको काम गरे पनि स्थानीयहरूले अपनत्व हुने गरी गर्नु पर्ने उनको भनाई थियो । सो अवसरकार ताल संरक्षण समितिका अध्यक्ष एव ओम तिया गाउँपालिका वार्ड ६ का अध्यक्ष शिव कुमार धवलले ऐतिहासिक ठाउँ पार्क निर्माण आन्तरिक पर्यटन भित्राउने उद्देश्य रहेको बताएका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation