चैते धान रोप्न व्यस्त नवलपरासीका किसान

  • परासी,१९ फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानहरु अहिले चैते(हिउँद) धान लगाउन सुरु गरेका छन् । दुईबाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ भएको छ ।
    मकै भन्दा धान राम्रो उत्पादन हुने र दुईबाली धान लगाउँदा एक बालीको धान बिक्री गरेर आम्दानी गर्न सकिने, हुँदा किसान यसतर्फ आकर्षित भएका हुन् । विगत चार वर्षदेखि जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकामा चैते धान खेतीको ब्लक क्षेत्र छुट्ट्याएर खेती लगाइएको र जिल्लाको कावासोती नगरपालिका(८ देखि १७, गैँडाकोट नगरपालिका(१०, ११, १२ र १३, देवचुली नगरपालिका(१७, मध्यविन्दु नगरपालिका(२ र ३, विनयी त्रिवेणी गाउँपालिका(१ र ५, बुलिङटार गाउँपालिका(३ र बौदीकाली गाउँपालिका(४ मा हिउँदे धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र नवलपरासी९बर्दघाट सुस्तापूर्व०का प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए ।
    कृषि ज्ञान केन्द्रले चैते धान उत्पादन हुने सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गरी किसानलाई प्रोत्साहन गर्दै आएको छ । पकेट क्षेत्र लागूभएका स्थानमा किसानको लागत सहभागितामा सिँचाइ, बीउ, यान्त्रिकिकरण लगायतमा ७५ प्रतिशत अनुदान दिने गरेको तिवारीले जानकारी दिए ।
    चैते धानमा रोग तथा कीरा पनि कम लाग्ने भएकाले किसानका लागि यो राम्रो मानिन्छ । उनले भने, “जिल्लामा विशेष गरी चैते ५ र हर्दिनाथ १ जातको चैते धान रोप्ने गरिन्छ ।”

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation