बुटवल , १९ फागुन । नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले संविधान संशोधनका विषयमा दुई दलबीच छलफल चलिरहेको उल्लेख गर्दै संयन्त्र बनाएर काम अगाडि बढाइने बताएका हुन् ।
नेपाली कांग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमका विषयमा आइतबार रुपन्देहीको भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपसभापति खड्काले दुई दलबीच संयन्त्र बनेर छलफल सुरु भएपछि सरकारमा सहभागी दल र त्यसपछि प्रतिपक्षी दलहरुसँग छलफल थाल्ने बताए ।
अर्को एक फरक प्रसंगमा उनले संसदमा पेश भएको सामाजिक सञ्जाल सम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित नहुने दावी गरे ।
सोमबार र मंगलबार भैरहवामा हुने दुईदिने प्रशिक्षण कार्यक्रममा पार्टीको आन्तरिक नीति, आगामी यात्रा, क्रियाशिल सदस्यता, नविकरण, समसामयिक मुद्वा, सरकारले गरेका काम लगायतका विषयमा व्यापक रुपमा छलफल हुने उपसभापति खड्काले जानकारी दिए । प्रशिक्षण कार्यक्रमको कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने उनले बताए ।
प्रशिक्षण कार्यक्रममा क्षेत्रीय सभापति, जिल्ला सभापति, प्रदेश सभापति लगायतका नेताको सहभागीता रहनेछ । नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीको आतिथ्यतामा कार्यक्रम हुने क्षेत्रीय सभापति सुशील गुरुङले बताए । क्षेत्रीय सचिव तथा प्रवक्ता लेखनाथ भट्टराईका अनुसार सोमबार र मंगलबार भैरहवामा हुने दुईदिने प्रशिक्षण कार्यक्रममा पार्टीको आन्तरिक नीति, आगामी यात्रा, क्रियाशिल सदस्यता, नविकरण, समसामयिक मुद्वा, सरकारले गरेका काम लगायतका विषयमा व्यापक रुपमा छलफल हुने उपसभापति खड्काले जानकारी दिए । प्रशिक्षण कार्यक्रमको कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने उनले बताए ।
प्रशिक्षण कार्यक्रममा क्षेत्रीय सभापति, जिल्ला सभापति, प्रदेश सभापति लगायतका नेताको सहभागीता रहनेछ । नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीको आतिथ्यतामा कार्यक्रम हुने क्षेत्रीय सभापति सुशील गुरुङले बताए । क्षेत्रीय सचिव तथा प्रवक्ता लेखनाथ भट्टराईका अनुसार सोमबार आज बिहान १०ः३० बजे कार्यक्रमको उद्घाटन हुनेछ ।











