लुम्बिनी साँस्कृतिक नगरपालिकाले अस्थायी प्रहरी बिट पर्सालाई एक एक थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण

  • बुटवल १३ फागुन । लुम्बिनी साँस्कृतिक नगरपालिकाले अस्थायी प्रहरी बिट पर्सालाई एक एक थान कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ।
    मेयर सजरुद्दिन मुसलमानले कम्प्युटर लगायतका उपकरणहरू पर्सा विट प्रमुख तथा प्रहरी सहायक निरीक्षक मधु श्रेष्ठ लाई हस्तान्तरण गरेका हुन्।
    लुम्बिनी साँस्कृतिक नगरपालिका ले उपलब्ध गराएको कम्प्युटरबाट प्रहरीलाइ दैनिक प्रशासकीय काम गर्न सरल र सहज हुने विश्वास नगरपालिकाले राखेको छ । साथै प्रविधिमैत्री सुरक्षामा जोड दिँदै अस्थायी प्रहरी बिट पर्सालाई कम्प्युटर र  प्रिन्टर सेट प्रदान गरिएको हो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation