बुटवल, पुस – नेपाल पुलिस क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रबेश गरेको छ ।
बुटवलको रामनगर खेल मैदानमा आज भएको पहिलो सेमिफाइनमा गुजरात स्टेट भलिबल क्लबलाई ३–१ सेटको अन्तरले पराजित गर्दै पुलिस फाइनल प्रबेश गरेको हो । दोस्रो सेमिफाइनल भने प्रतिकूल मौसमका कारण स्थगित भएको छ ।
बुधवार बिहान ११ बजे त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीच दोस्रो सेमिफाइनल हुने आयोजकले जनाएको छ । मंगलबार भएको सेमिफाइनलको पहिलो सेट गुजरात स्टेट भलिबल क्लबले २७–२५ ले जितेपनि अन्य तीन सेट लगातार २५–१४, २५–२१ र २७–२५ अङ्कको अन्तरले पराजित गर्दै पुलिस क्लबले फाइनलमा ठाउँ पक्का गरेको हो । फाइनल खेल बुधवार दिउँस २ बजे हुनेछ
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा ‘बाल तथा मातृत्व महिना’ विशेष कार्यक्रम अन्तर्गत नवजात शिशु र आमाहरूलाई न्यानो माया
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपाल, वर्ष २०२६/२०२७ अन्तर्गत रिजन–७ को आयोजनामा शपथग्रहण तथा पदस्थापन









