सार्वजनिक यातायातको भाडा बढ्यो

  • काठमाडौं ,२२ पुस । सरकारले सार्वजनिक यातायातको आजै २२ पुस बाट लागु हुने गरी भाडा बढाएको छ । यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाएको हो ।
    यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढाइएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ ।
    यसपटक दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने ९राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने० सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागको भनाइ छ । पछिल्लो सयम ३१ साउन २०८० मा भाडा समायोजन भएपछि सोमबार नयाँ भाडादर तोकिएको हो ।
    भाडा बढाउन भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ११ पुस २०८१ मा विभागलाई सहमति दिएका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation