लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित

  • लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षि
    बुटवल १३ मंसिर
    लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा शुक्रबार प्रधानमन्त्री एवं कुलपति के पी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधीप्राप्त दुई सय ८९ जना दीक्षित भएका छन् ।

    प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरेका हुन्। पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरेका छन्।

    ललितपुर जन्मिएका ९१ वर्षका गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७ औं विश्वविद्यालयसभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation